७ बैशाख २०८१, शुक्रबार

कृषकलाई रु २४ लाखको कृषि उपकरण


agricuteral-equipment

२९ असार, सुर्खेत । प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना सुर्खेतले जिल्लाका कृषकलाई रु २४ लाख बराबरको आधुनिक कृषि उपकरण र ढुवानी साधन वितरण गरेको छ ।

व्यावसायिक कृषिको विकास गर्ने उद्देश्यले बिहीबार जिल्लाका विभिन्न स्थानीय तहमा रहेका समूह, सहकारी र कृषि संस्थालाई कृषिजन्य उपकरण र प्रशोधन यन्त्र सहयोग गरिएको हो ।

power-tailor
कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव शिवनारायण चौधरी र उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्दप्रसाद भारीले मिनी ट्रक, थ्रेसर मेसिन, मिनी ट्र्याक्टरलगायत कृषि उपकरण हस्तान्तरण गर्नुभयो । पोष्ट–हार्भेष्ट सेन्टर कार्यक्रमअन्तर्गत प्रेम स्मृति फर्म अवलचिङलाई मिनी ट्रक प्रदान गरिएको आयोजनाका प्रमुख चित्रबहादुर रोकायले बताउनुभयो ।

त्यसैगरी कष्टम हायर सेन्टर कार्यक्रमअन्तर्गत भेरीगंगा नगरपालिका–१२ छिन्चुस्थित साना किसान कृषि सहकारी संस्थालाई मल्टी थ्रेसर, चाना काट्ने यन्त्र र जेनेटर, भेरीगंगा–९ जहरेको मूलपानी कृषि सहकारी संस्थालाई मल्टी थ्रेसर र डिजिटल ढक तराजु हस्तान्तरण गरिएको छ ।

यसैगरी भेरीगंगा–९ झिगनीस्थित सुन्धरा कृषि तथा पशु सहकारी संस्थालाई जेनेटर, ड्याङ बनाउने यन्त्र र पानी तान्ने मोटर, चिंगाड गाउँपालिका–५ अवलचिङस्थित सिर्जना नगदेबाली कृषक समूहलाई बेसार पिस्ने मिल सेट र हाते मिनी ट्रयाक्टर तथा भेरीगंगा–१२ छिन्चुस्थित सूर्याेदय पशुपालन कृषि सहकारी संस्थलाई पावर टेलर, बेसार उसिन्ने यन्त्र र हाते मिनी ट्र्याक्टर प्रदान गरिएको आयोजना प्रमुख रोकायले जानकारी दिनुभयो ।

सो अवसरमा उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख भारीले प्राङ्गारिक पदार्थ उत्पादनमा जोड दिन सकेमा कृषक र उपभोक्ता दुवैलाई फाइदा पुग्ने बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !