४ बैशाख २०८१, मंगलबार

सौराहामा आराम गर्दै काँग्रेस सभापति देउवा


शेरबहादुर देउवा

१० असार, चितवन ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहनुभएको छ ।

नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न भेलापछि उहाँ गत शुक्रबारदेखि सौराहास्थित होटल सेभेन स्टारमा बसिरहनुभएको छ । उहाँका निजी सचिव भानु देउवाका अनुसार स्थानीय नेता र कार्यकर्ता कसैसँग पनि उहाँले भेटघाट गर्नुभएको छैन ।

जिल्ला सभापति भेलामा पार्टीभित्रकै अन्य समूहबाट पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो । तनावमा रहनुभएको ठानिएका पार्टी सभापति देउवा तनाव कम गर्न एक्लै आराम गरिरहनुभएको बताइएको छ । प्रदेश सांसद मिलनबाबु श्रेष्ठका अनुसार देउवा आराम गर्नकै लागि सौराहामा रहनुभएको हो ।

शनिबार काठमाडौँ फर्किने भनिए पनि उहाँ फर्किनुभएन । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !