७ बैशाख २०८१, शुक्रबार

रसिया विश्वकप २०१८ का रंगशाला


Worldcup Football

एजेन्सी, २७ जेठ । रसिया विश्वकप २०१८ आउँदो विहीबारदेखि शुरु हुँदैछ । रुसका ११ शहरका १२ वटा रंगशालामा यो प्रतियोगिता खेलाइनेछ । फुटबलको कुम्भमेलाको रुपमा प्ररिचित विश्वकपका खेलहरु यी रंगशालाहरुमा हुने छन् ।

लुज्निकी स्टेडियम

Luzhniki Stadium

लुज्निकी स्टेडियम रुसको राजधानी मस्कोमा छ ।  यहाँ विश्वकपको उद्घाटन र समापनसहित ७  वटा खेल हुनेछन् । यो युरोपकै सबैभन्दा ठूलोमध्येको एक रंगशाला हो । यो मोस्कभा नदीको छेउमा पर्छ । यो रंगशालामा ८० हजार दर्शक अटाउनसक्छन् ।

कजान एरेना अर्थात कम्युनिस्ट एरा सेन्ट्रल स्टेडियम

kazan_Era Stadium

कजानलाई रुसको खेलकुद राजधानी मानिन्छ । पछिल्ला बर्षहरुमा कजान एरेनाले आधुनिक, कलात्मक र महँगो खेल सुविधा सम्पन्नस्थलका रूपमा आफुलाई स्थापित गरेको छ । कजानका नदीको छेउमा रहेको यो रंगशालामा ४५ हजार ३ सय ७९ सिट क्षमता छ ।

निज्नी नोभ्गोरोड स्टेडियम

nizhny-novgorod-arena Stadium

गोलो आकारको निज्नी नोभोगोरोड रंगशाला स्टर्लकामा रहेको छ । दुईवटा नदीको छेउमा रहेकाले यो रंगशाला प्राकृतिक सुन्दरताले मनमोहक छ । २९ करोड अमेरिकी डलर लागत रहेको यो रंगशालामा ४४ हजार ८ सय ९९ दर्शक अटाउन सक्छन् ।

समारा एरिना

samara_Stadium

भोल्गा नदीको किनारमा रहेको यस रंगशालालाई कसमस एरेनाको नामबाट समेत सम्बोधन गरिन्छ। समारा तत्कालीन सोभियत संघको अन्तरिक्ष अभियानको उद्गमस्थल पनि हो । ४४ हजार ८ सय ७ सिट क्षमता रहेको यो रंगशालामा ६ खेल हुनेछन्।

फिस्ट ओलम्पिक स्टेडियम

fisht-stadium

फिस्ट ओलम्पिक रंगशालाको आकार अण्डाको जस्तो छ । रंगशालानजिकै रहेको फिस्ट माउन्टेनको नामबाट यो रंगशालाको नाम फिस्ट ओलम्पिक स्टेडियम राखिएको हो । ४७ हजार ६ सय ५९ दर्शक क्षमता रहेको  छ ।

भोल्गोग्राड एरिना

volgograd Stadium

यो रंगशाला रुसको भोल्गोग्राड शहरमा छ । यो रंगशाला पुनर्निर्माण गर्ने क्रममा स्टालिनग्राडको युद्धताका विस्फोट नभएका बमहरू पनि भेटिएको थियो । ५५ हजार ६८ सिट क्षमताको यो रंगशालामा चार खेल हुनेछन् ।

सेन्ट पिटर्सबर्ग स्टेडियम

saint-petersburg-Stadium

रुसका सुन्दर मध्येको एक शहर सेण्ट पिटर्सबर्गमा रहेको यो रंगशालालाई क्रेस्टभेस्की स्टेडियम भनेर पनि चिनिन्छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनको गृहनगरमा रहेको यो रंगशालामा ६४ हजार २ सय ८७ दर्शक अटाउन सक्छन् ।

कालिनिन्ग्राड स्टेडियम

kaliningrad-stadium

यो रंगशाला पश्चिममा पोल्यान्ड र पूर्वमा लिथुआनियाको भू–भागले घेरिएको छ । यो क्षेत्रको पूर्वतिर मुख्य शहर अवस्थित छ । पुनर्निर्माणपछि २५ हजारबाट ३५ हजार २ सय १२ सिट क्षमता बढाइएको यो रंगशालामा चार खेल हुनेछन् ।

स्पार्टक स्टेडियम

spartak_Stadium

स्पार्टक रंगशाला ओटक्रिएटिए एरेनाका नामले समेत चर्चित छ । यो रंगशाला सन् २००० अघिसम्म जर्जर अवस्थामा पुगिसकेको थियो । ४३ करोड अमेरिकी डलर बराबरको लागतमा सन २०१४ सम्म यो आधुनिकीकरण भएको थियो । यो रंगशालाको अघिल्तिर थ्रेसियन तरवारबाज स्पार्टकसको ठूलो कदको मूर्ति कुँदिएको छ ।

रोस्टोभ एरिना

rostov Stadiumjpg

डोन नदीको किनारमा रहेको यो रंगशाला सन् २०१४ मा निर्माण गरिएको हो । बगिरहेको नदीको आकृतिमा निर्माण गरिएको यसको छतले सबैको ध्यान तान्ने अनुमान गरिएको छ । ४५ हजार १ सय ४५ जना दर्शक अट्ने यस रंगशालामा ५ हुनेछ ।

मोर्डाेभिया एरिना

mordovia_Stadium

विश्वकप आयोजना हुने शहरमध्येकै सानो शहर सारनस्कमा रहेको यो रंगशाला सन् २०१० मा निर्माण थालिएको र यसै  बर्षमात्र निर्माण सम्पन्न भएको रंगशाला हो । इन्सार नदीको छेउमा अवस्थित ओभल आकार रहेको ५ तले यो रंगशालाको बेसमेन्ट दुई तला छ । ४४ हजार ४ सय ४२ दर्शक सिट क्षमता रहेको यो रंगशालामा ४ खेल हुनेछन् ।

इकाटेरिनबर्ग एरिना

ekaterinburg-Stadium

लुज्निकी स्टेडियमभन्दा झण्डै १ हजार माइल टाढा छ, इकाटेरिनबर्ग एरेना । यो इकाटेरिनबर्ग शहरमा अवस्थित पुरानो तथा केन्द्रीय रंगशाला हो ।

पुनर्निर्माण अघि झण्डै २३ हजार दर्शक क्षमता रहेको यस रंगशालालाई अहिले ३५ हजार ६ सय ९६ सिट क्षमताको बनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !