४ बैशाख २०८१, मंगलबार

पर्यटकले खर्च गर्नैपर्ने कार्यक्रम बनाउनुपर्छ : सभामुख महरा


DPM Krishna Bahadur Mahara returns from China कृष्णबहादुर महरा

१२ जेठ, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले मुलुकलाई विकास र आर्थिक समृद्धिमा पु¥याउन पर्यटन व्यवसाय महत्वपूर्ण आधार भएको बताउनुभएको छ ।

गन्तव्य नेपालद्वारा ‘आर्थिक समृद्धिका लागि पर्यटन’ विषयक आज यहाँ आयोजित कार्यक्रममा उहाँले देशलाई विकासको मार्गमा लैजान पर्यटन क्षेत्रले खेलेको भूमिका अद्वितीय रहेको उल्लेख गर्नुभयो ।

लामो समयको राजनीतिक संक्रमणपछि गठन भएको वर्तमान सरकारले पर्यटन क्षेत्रमा समृद्धिका लागि हुन सक्ने योगदानको खाका कोर्नेछ भन्दै उहाँले पर्यटकले खर्च गर्नै पर्नेखालका कार्यक्रम बनाएर अघि बढ्नु पर्ने आवश्यकतामा जोड दिनुभयो ।

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्राकृतिक सम्पदा र विविधताले भरिपूर्ण हाम्रो मुलुकमा आन्तरिक पर्यटकको संख्या वृद्धि गर्ने कार्यक्रम बनाउन निजी क्षेत्रसँग आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “हिमाली भेगका जनतालाई तराई तथा तराईका जनतालाई हिमाली क्षेत्रको कला, संस्कृति र सम्पदाबारे जानकारी गराउन सक्ने प्रशस्त आधारहरु छन्”, यसका लागि निजी क्षेत्रको समर्पण र लगानी आवश्यक छ ।

नेकपा स्थायी समिति सदस्य मुकुन्द न्यौपानेले २१औँ शताब्दीको सबैभन्दा ठूलो उद्योग पर्यटन उद्योग भएकाले यसका माध्यमबाट नेपाललाई संशारकै धनी मुलुक बनाउन सक्ने सम्भावना रहेको बताउनुभयो ।

पर्यटकका आकर्षक गन्तव्य भनेको मानव पूर्वाधार र प्राकृतिक सम्पदा भएको बताउँदै उहाँले प्राकृतिक सम्पदाका दृष्टिले नेपाल संसारकै धनी मुलुकको कोटीमा रहेकाले पर्यटनको माध्यमबाट प्रशस्तै लाभ लिनसक्ने सम्भावना रहेको टिप्पणी गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समितिका सदस्य दीपक महतले मुलुकमा राजनीतिक स्थायित्वले समृद्धिको आधार तयार गरेकाले पर्यटन क्षेत्रमा लक्ष्य बनाएर काम गर्ने हो भने सम्भावना नै सम्भावना छ भन्नुभयो ।

आयोजक संस्था गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारी, पत्रकार ऋषि धमला र गाउँ पर्यटन प्रवद्र्धन मञ्चका अध्यक्ष कमल सापकोटालगायतले गाउँ पर्यटनलाई प्रवद्र्धन गर्न सके घरैमा बसेर डलर कमाउन सकिने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा पर्यटन क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याएबापत व्यवसायी प्रतिष्ठा विष्ट अमात्यलाई ‘टुरिज्म म्यान अफ दि इअर’ सम्मान प्रदान गरियो ।
पर्यटन क्षेत्रको विकासका लागि निरन्तर कलम चलाउने पत्रकारद्वय तृष्णा गिरी र कुमार चौलागाईंलाई पनि समारोहमा पुरस्कार प्रदान गरियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !