८ बैशाख २०८१, शनिबार

मन्त्री यादवद्वारा कारागार निरीक्षण


Gyanendra-Kumar-Yadav

१० जेठ,  गौशाला । प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आज महोत्तरीको जलेश्वरस्थित कारागारको स्थलगत निरीक्षण गर्नुभएको छ ।

महोत्तरी, धनुषा र सर्लाहीको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागारमा रहेका कैदीबन्दीको अवस्थाबारे जानकारी लिन मन्त्री यादवले स्थलगत निरीक्षण गर्नुभएको हो ।

निरीक्षणपछि मन्त्री यादवले कारागारको भौतिक संरचना अति जीर्ण, बाढीको बेला डुबानमा पर्ने, अत्यधिक गर्मी, बर्सात र अन्य विभिन्न समस्याको सामना गर्दै कष्टकर जीवन बिताउनु परेको बताउनुभयो । उहाँले कैदीको सुरक्षित बसोबास, क्षमता अभिवृद्धि तथा सीप विकासका कार्यक्रम चाँडै व्यवस्थापन गर्ने बताउनुभयो ।

मन्त्री यादवले समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो ।

उक्त अवसरमा जेलर शोभेन्द्र ठाकुरले मन्त्री यादवलाई कारागारका विभिन्न समस्याबारे अवगत गराउनुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !