१२ बैशाख २०८१, बुधबार

संचारकर्मी दिनेश लिङ्खिमको ‘सुकेटार डाँडैमा’ गीतको भिडियो सार्वजनिक


सुकेटार डाँडैमा

काठमाडौँ । लामो समयदेखि संचार जगतमा काम गरिरहेका दिनेश लिङ्खिमको निर्देशन तथा अभिनयमा निर्माण भएको ‘सुकेटार डाँडैमा’ बोलको म्युजिक भिडियो भावसागर ईन्टर्टेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

सीता लिम्बूको शब्द, अशोक मुकारुङको संगीत, अलिफ खानको एरेन्जमा गायक बिजय लिम्बू र बिनुसा राईले स्वर भरेका छन् । पुर्वेली लोकभाकाको यो गीत ताप्लेजुङ्को मनोरम दृष्यलाई कैद गर्दै स्थानीय कलाकारहरूलाई समेत समेटेर बनाइएको हो ।

भिडियोमा निर्देशक दिनेश लिङ्खिमको साथमा पुष्पा थेबे, प्रिन्स साम्सोहाङ र बिमु मादेनले सशक्त अभिनय गरेका छन् । सशस्त्र द्वन्दकालमा भूमिगत भई जनवादी गीत गाउदै पार्टीको अभियानलाई मूर्त रुप दिदै हिडेका गायक बिजय लिम्बू बिगत १६ बर्षदेखि विदेशमा रोजगारी गरिरहेका छन् ।

केही जनवादी गीत र केही माया प्रेमका गीत गाईसकेका गायक विजयको नेपाली सांगितिक यात्रा अविराम छ । यो गीत ‘सुकेटार डाँडैमा’ का रचयिता सीता लिम्बूसँग सशस्त्र द्वन्दकालमै परिचय भई त्यही विवाह बन्धनम बाँधिएको बताउछिन् सीता लिम्बू ।

निर्देशक तथा मोडल दिनेश लिङ्खिम फोनिज नेपालको ताप्लेजुङका अध्यक्ष हुन् भने उनले गायक ईन्जिनियर वीरेन्द्र श्रेष्ठको ओएस पुरस्कार विजेता गीत ‘घर हाम्रो लेकैमा’ बोलको म्युजिक भिडियोमा मेल मोडलको भूमिकामा अभिनय गर्नुका साथै अन्य धेरै गीतहरुमा मोडलिङ गरिसकेका छन् ।

यस्तो छ भिडियो हेर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !