७ बैशाख २०८१, शुक्रबार

यस्ता छन् ड्रेगन फ्रुट खानुका फाइदाहरु, जानी राखौं


ड्रेगन फ्रुट

सबैभन्दा पहिले ड्रेगन फ्रुटको बारेमा सानो जानकारी पस्कन गइरहेको छु । ड्रेगन फ्रुटको वैज्ञानिक नाम हिलोकेरेस अंडटस रहेछ । यो फल आजभन्दा पहिले दक्षिण अमेरिका हुँदै नेपालमा समेत फाइने भएको छ । ड्रेगन फ्रुट दुई प्रकारको हुन्छ : सेतो र रातो । यो फल क्वींसलैंड, पश्चिमी ऑस्ट्रेलिया र न्यू साउथ वेल्समा पनि उत्पादन गर्ने गरिन्छ । ड्रेगन फ्रुटका फाइदाहरु निम्न अनुसार छन् :

१. डायबिटीज रोगमा

ड्रेगन फ्रुटमा प्राकृतिक भिटामिन पाइन्छ । यो फल एन्टीअक्सिडेंटले भरपुर छ । अन्य तत्वहरू फ्लेवोनोइड, फेनोलिक एसिड, एस्कार्बिक एसिड र फाइबर हुन्छ । यो सवै तत्वहरू सुगरको रोगलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका निभाउने गरेको पाइन्छ । सुगर भएकालाई र नभएका दुबैलाई यो फल बहुउपयोगी छ ।

२. हृदय रोगको लागि

ब्लड सुगर सबैभन्दा खतरनाक रोगको सुचिमा राखिएको छ। कतिपय अवस्थामा मुटुको रोग निम्त्याउने खतरा यो रोगमा देखिएको छ । मुटुको रोगबाट बचाउन समेत यो फलको राम्रो भूमिका छ । यसमा ओमेगा ९ पनि हुनाले हृदयलाई स्वस्थ राख्न महत्वपूर्ण छ ।

३. कोलेस्ट्रल नियन्त्रण गर्न

ड्रेगन फ्रुट खानाले कोलेस्ट्रोल नियन्त्रण गर्न महत्वपूर्ण देखिन्छ । मानव स्वास्थ्यलाई खराब बनाउन कोलेस्ट्रोलको भुमिका ठूलो छ । कोलेस्ट्रोल बढ्नाले हार्टअट्याक जस्ता खतरा निम्त्याउन सक्छ । नेशनल सेंटर फॉर बायोटेक्नोलॉजी इंफार्मेशनका अनुसार रातो ड्रेगन फ्रुट टोटल कोलेस्ट्रोल, टीसी, टिजी, कम घनत्व भएका लिपि प्रोटिन कोलेस्ट्रोल कम गर्न महत्वपूर्ण देखिन्छ भने अर्कोतर्फ राम्रो कोलेस्ट्रोल बढाउन समेत मद्दत गर्दछ ।

४. गठिया रोग, बाथ रोगमा

गठिया बाथ रोगको जटिल रोगको श्रेणीमा पर्दछ।यो रोग लागेमा हिडडुल गर्न समेत कठिन हुने गर्दछ।यो रोगमा समेत ड्रेगन फ्रुटको सेवनले राम्रो फाइदा गर्दछ । ड्रेगन फ्रुटमा एन्टीअक्सीडेंट पाइने हुनाले बाथ रोगमा राम्रो फाइदा गर्दछ ।

५. पेटको रोगमा

ड्रेगन फ्रुटको सेवन पेटको रोगीले गर्दा पाचनतन्त्रमा सुधार हुनुको साथै कब्जियत समेत नष्ट गर्दछ । खानामा रूचि जाग्ने हुनाले यसको महत्व ठूलो देखिएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !