१३ बैशाख २०८१, बिहिबार

ट्वीटर भेरिफाइड गर्न अब मासिक ८ डलर तिर्नुपर्ने


एलन मस्क

काठमाडौं । ट्विटर भेरिफाइड गर्नका लागि अब मासिक ८ डलर तिर्नुपर्ने भएको छ । ट्विटर अकाउन्ट भेरिफाइड (निलो रंगको संकेत टिक मार्क) का लागि अब प्रत्येक महिना प्रयोगकर्ताले ८ डलर तिर्नुपर्ने जानकारी ट्वीटरका सीईओ एलन मस्कले दिएका हुन् ।

यसअघि ट्विटर भेरिफाइड अकाउन्टका लागि २० डलरको प्रस्ताव राखेकोमा मस्कले ८ डलर प्रस्ताव गरेका छन् । तर फरक-फरक देशको फरक-फरक क्रयशक्ति हुने भएकाले क्रयशक्ति क्षमताअनुसार मासिक ८ डलर निर्धारण गरिएको हो ।

मस्कले भेरिफाइड अकाउन्टका लागि थप सुविधा पनि उपलब्ध गराउने जनाएका छन् । यो नयाँ योजनाले ट्विटरको आम्दानी बढ्ने र सामग्री बनाउनेलाई पनि फाइदा हुने मस्कले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !