११ बैशाख २०८१, मंगलबार

मुगुको स्याउले बजार पाएन, किसान चिन्तित


मुगुको स्याउ

मुगु । मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् । स्याउ किसान टक्कबहादुर शाही भने, “लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो, सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखियो, अहिले स्याउले बजार नै पाएन, स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ ।”

यस वर्ष स्याउको उत्पादन बढेसँगै यहाँका किसान निकै खुसी थिए । उनले भने, “छ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएको छु, यसवर्ष स्याउ उत्पादन बढेको छ तर बजार पाउन समस्या परेको छ ।” स्थानीय सरकारले स्याउको बजारीकरणमा समन्वय गरिदिन उनले आग्रह समेत गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !