११ बैशाख २०८१, मंगलबार

११० जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७५२ जनामा पिसिआर परिक्षण गर्दा ६० जना र २०७५ जनामा एन्टीजेन परिक्षण गर्दा ५० जना गरी जम्मा ३८२७* नमुनाको परीक्षण गर्दा ११०* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ८५ हजार १०३ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको पनि मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणवाट १२ हजार १६ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । आज काठमाडौं जिल्लामा २० जना, ललितपुर जिल्लामा ३ जना र भक्तपुर जिल्लामा २ जनामा कोरोना संक्रमण देखिएको हो ।

हाल देशभर २०६२ जना सक्रिय कोरोना संक्रमितमध्‍ये १९९९ जना होम आइसोलेसनमा रहेका छन् भने ६३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २० जना आईसीयूमा उपचाररत रहेका छन् ।

हालसम्म नेपालमा ५९ लाख १७ हजार ६५० पिसिआर परीक्षण भएको छ भने १३ लाख ९३ हजार ८१४ एन्टीजेन परीक्षण गरिएको छ भने क्वारेन्टाइनमा कोही पनि बसेका छैनन् ।

*एसएमएस र इमेलबाट प्राप्त आरडीटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !