७ बैशाख २०८१, शुक्रबार

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि मनाइँदै


अन्तर्राष्ट्रिय साक्षरता दिवस

काठमाडौँ । आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै छ । ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस आज नेपालमा पनि मनाउन लागिएको हो ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ भन्ने आदर्श वाक्य तय गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष सेप्टेम्बर ८ लाई अन्तर्राष्ट्रिय साक्षरता दिवसका रूपमा मनाइँदै आइएको छ । यस वर्ष यो दिवस साक्षरता सिकाइको क्षेत्रमा रुपान्तरण भन्ने नाराका साथ मनाउन लागिएको छ ।

अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सन्देश दिंदै सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व भएको बताएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शैक्षिक गुणस्तर मापन केन्द्रले विद्यालयको उत्कृष्टता मूल्याङ्कनको मापनसहितको प्रतिवेदन दिवसकै अवसरमा आज बिहीबार सार्वजनिक गर्दैछ ।

युनेस्कोले सन् १९६७ देखि आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो । नेपालमा यही दिवसका दिन राष्ट्रिय शिक्षा दिवस मनाइएको भए पनि गत तीन वर्षअघि स्थगन भएको राष्ट्रिय शिक्षा दिवसको नयाँ मिति तर्जुमा गर्ने तयारी भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !