७ बैशाख २०८१, शुक्रबार

एनसेलले पायो नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड


एनसेल

काठमाडौँ । विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट जनवरी–जुन २०२२ को लागि एनसेलले अर्वाड प्राप्त गरेको छ ।एनसेलले नेपालको सबैभन्दा फास्टेस्ट मोबाइल नेटवर्कको अर्वाड प्राप्त गरेको हो ।

आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पीड स्कोरका आधारमा एनसेललाई यो सम्मान प्रदान गरिएको हो । नेपालको फास्टेस्ट मोबाइल नेटवर्कको यो अवार्ड जित्न योग्य बन्दै एनसेलले डाउनलोडमा १७.३१ एमबीपीएस र अपलोडमा ९.२६ एमबीपीएस गतिका साथ कुल १७.१६ स्पीड स्कोर प्राप्त गरेको थियो ।

हरेक वर्ष एनसेलले आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो पूर्वाधारमा निरन्तर लगानी गर्दै आएको छ । देशको ८५ प्रतिशत जनसंख्यालाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवा फोरजीमा पहुँच सुनिश्चित गराउँदै, एनसेलले जुन २०१७ बाट संचालन ल्याएको यो सेवा हाल ७० भन्दा बढी जिल्लामा विस्तार गरिसकेको छ ।

ऊक्लाले जनवरी देखि जुन २०२२ को अवधिमा इन्टरनेटको गति मापन गर्ने आफ्नो एप स्पीडटेस्ट आईओएस र एन्ड्रोइडमा नेपालका सबै मुख्य मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कमा आवद्ध रहेका ग्राहकले गरेका कुल १६ हजार ९ सय २९ स्पीडटेस्टलाई तुलना गरेको थियो ।

ऊक्लाका अनुसार, परिक्षण नतिजा देशमा सामान्यतया उपलब्ध सबैभन्दा छिटो मोबाइल गति हासिल गर्न सक्षम भनि पहिचान गरिएका डिभाइसहरूमा लिइएका सबै सेलुलर परिक्षणहरू समावेश रहेका छन् । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले फास्टेस्ट मोबाइल नेटवर्क अर्वाड एनसेललाई प्रदान गरेकोमा खुसी रहेको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !