इथियोपियाको टिगरेमा चार हजार भन्दा बढी ट्रकद्वारा मानवीय सहायता आपूर्ति Nepalpatra इथियोपियाको टिगरेमा चार हजार भन्दा बढी ट्रकद्वारा मानवीय सहायता आपूर्ति
२१ आश्विन २०७९, शुक्रबार

इथियोपियाको टिगरेमा चार हजार भन्दा बढी ट्रकद्वारा मानवीय सहायता आपूर्ति


ट्रकद्वारा मानवीय सहायता

आदिस । इथियोपियाको समस्याग्रस्त क्षेत्र टिगरेमा संयुक्त राष्ट्रसङ्घसहित अन्य दाताहरुले गरेको सहयोग चार हजार सात सय ६५ वटा ट्रकले पुर्याएका छन् । गएको अप्रिलदेखियता यो सहयोग उक्त क्षेत्रमा प्रवेश गरेको संयुक्त राष्ट्रसङ्घीय एजेन्सी, युएनएचसिआरले जनाएको छ ।

शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्च आयुक्तको कार्यालयले बुधबार सो कुराको जानकारी दिएको हो । इथियोयिाको द्वन्द्वग्रस्त टिगरे क्षेत्रमा केही वर्षयतादेखि नै खाद्यान्न लगायतको मानवीय सहयताको नै समस्या पर्ने गरेको छ ।

द्वन्द्व तथा खडेरीले यहाँ खाद्यान्न उत्पादन हुन छोडेको छ । यसका कारण यहाँका नागरिकलाई औषधि, पानी मात्र नभएर खाद्यान्नकै समस्या पर्ने गरेको सो निकायले जनाएको छ । साथै अहिले पनि सो क्षेत्रमा मानवीय सहायताको आपूर्तिको व्यवस्था भइरहेको भन्दै उक्त एजेन्सीले आवश्यक सहयोगको लागि आग्रह पनि गरेको छ ।

सो एजेन्सीको सहयोगमा ६० वटा ट्रकमा सहयाता सामग्री पठाइएको पनि एजेन्सीले जनाएको छ । उक्त टिगरे क्षेत्रका विद्रोहीहरुले सुरुमा विदेशी सहायता एजेन्सीहरुलाई राहत प्रदान गर्न जान पनि दिएका थिएनन् । अहिले संयुक्त राष्टसंघको आह्वानमा सहायता पुर्याउने गरिएको सो एजेन्सीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !