८ बैशाख २०८१, शनिबार

संघीय संसदको दोश्रो अधिवेशन सुरु(भिडियोसहित प्रत्यक्ष प्रसारण)


प्रतिनिधिसभाको बैठक फाइल फोटो

२३ वैशाख, काठमाण्डौ । संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आइतबारदेखि सुरु हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संघीय संसदको अधिवेशन आह्वान गरेअनुरुप दुवै सदनको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्रीको सिफारिशमा नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट संघीय संसदको अधिवेशन आह्वान भएको हो ।

प्रतिनिधिसभा र राष्ट्रियसभा दुई सदनसहितको संघीय व्यवस्थापिकालाई संघीय ससद भनिन्छ । आइतबार अपराह्न ४ बजे दुवै सभाका बैठक एकैसाथ सञ्चालन हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !