७ बैशाख २०८१, शुक्रबार

त्रिभुवन विश्वविद्यालयमा लगाइएको ताला खोलियो


ताला खोलियो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा लगाइएको ताला खोलिएको छ । नेपाली कांग्रेसको विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको साढे ४ महिना भन्दा बढी समय लागेको ताला खोलिएको हो ।

नेपाल विद्यार्थी संघको पहलमै ताला खोलिएको बताइएको छ । हिजो मात्र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला खोल्न माग गर्दै प्रदर्शन गरेको थियो ।

काठमाडौँको कीर्तिपुरस्थित उपकुलपतिको कार्यालय परिसरबाहिर अनेरास्ववियुका कार्यकर्ताले तालाबन्दी खोल्न माग गर्दै प्रदर्शन गरेका थिए । विश्वविद्यालयको काम प्रभावित भएको भन्दै अनेरास्ववियुले प्रदर्शन गरेको जनाएको थियो ।

अनेरास्ववियुका विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणविरुद्ध पनि नाराबाजी गरेका थिए । उनीहरुले ‘त्रिविको गुण्डागर्दी बन्द गर, विश्वविद्यालय शान्ति क्षेत्र कायम गर’ जस्ता नारा लगाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !