१२ बैशाख २०८१, बुधबार

जनताको मागअनुसार पाठ्यक्रम निर्माण गर्न राष्ट्रपतिको आग्रह


President at School Program

१७ वैशाख, काठमाण्डौ ।  राष्ट्रपति विद्या भण्डारीले स्थानीय जनताको मागलाई सम्बोधन हुनेगरी विद्यालय तहको पाठयक्रम निर्माण गर्न सरकारसँग आग्रह गरेकी छन् ।

राष्ट्रपति भण्डारीले युवाहरुलाई स्थानीय स्तरमै रोजगारीको अवसर सृजना हुनेगरी शैक्षिक जनशक्ति निर्माण गर्न पनि सरकारको गम्भर ध्यानाकर्षण गराइन् ।

आईतबार एसओएस बालग्रामले निर्माण गरिदिएको सिन्धुपाल्चोकको भिमटारस्थित भीमेश्वर माध्यमिक विद्यालय भवन उद्घाटन गर्दै उनले विकासको मूल आधारको रुपमा रहेको शिक्षाको माध्यामबाट समाजमा रहेका सबैखालको विकृतिहरु अन्त्य गर्नुपर्नेमा पनि जोड दिइन् ।

त्यस अवसरमा राष्ट्रपति भण्डारीले अभिभावक गुमाएका बालबालिकाहरुको शिक्षादिक्षामा एसओसएस बालग्रामले पु¥याउँदै आएको योगदानको पनि प्रशंशा गरेकी थिइन् । कार्यक्रममा बोल्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सरकारले सुन्दर र विकसित राष्ट्र निर्माण गर्ने अभियानलाई अघि बढाएको दावी गरे ।

पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता अग्नी सापकोटाले निजी आवास निर्माणका लागि दिने सरकारी अनुदानलाई सहज बनाउन आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । एसओसएस बालग्रामले भूकम्पको विनाशपछि सिन्धुपाल्चोकको भिमटारमा १ सय ७७ वटा नयाँ घर पनि निर्माण गरि दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !