सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यादेश २०७५ जारी Nepalpatra सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यादेश २०७५ जारी
१९ असार २०७९, आइतबार

सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यादेश २०७५ जारी


राष्ट्रपति विद्यादेवी भण्डारी

१३ वैशाख, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश २०७५ जारी गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १ सय १४ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी गर्नुभएको हो ।

भण्डारीले बिहीबार नै राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७५, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ र संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी अध्यादेश २०७५ पनि जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !