६ बैशाख २०८१, बिहिबार

सेञ्चुरी बैंक र आइएमई लाइफबीच बैंकास्योरेन्स सम्झौता


सेञ्चुरी बैंक र आइएमई लाइफबीच सम्झौता

१३ वैशाख, काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायतका बीमा सेवा प्राप्त गर्न सक्ने छन् ।

उक्त सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र आइएमई लाइफ इन्स्योरेन्सका सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गर्नुभएको छ ।

बैंकले काठमाडौं उपत्यकामा ११ शाखा र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखा र ३ वटा एक्सटेन्सन काउन्टरका साथै १० वटा शाखारहित बैंकिङ गरी १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !