६ बैशाख २०८१, बिहिबार

पुनर्निर्माणमा जुट्न आग्रह गर्दै धुर्मुस सुन्तलीले ल्याए नयाँ गीत


dhurmush suntali

काठमाडौं । हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले पुनर्निर्माणमा जुट्न सबैसँग आग्रह गरेका छन् ।

डा. भिष्मकुमार भुसालको यो प्रण बोलको गीतमा अभिनय गर्दै उनीहरुले यस्तो आग्रह गरेका हुन् । ‘हाम्रो वास्तविकतामा आधारीत गीत भएकाले व्यस्तताको बाबजुद पनि अभिनय गर्‍यौं ।’ सितारामले भने ।

भिडियोमा धुर्मुस सुन्तलीले घर बनाउन नसकिरहेका वृद्धवृद्धालाई सहयोग गरेको देखाउनुका साथै उनीहरुको अभियानमा बालिकाले खुत्रुके फुटाएर सहयोग गरेको समेत देखाइएको छ ।

यस अघि पनि केहि गीतमा शब्द दिइसकेका डा. भुसालको शब्दलाई स्वरुपराज आर्चाय र स्मीता दाहालले स्वर दिएका छन् । बसन्त सापकोटाको संगीत रहेको गीतको भिडियो सरोज ओलीले निर्देशन गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !