१२ बैशाख २०८१, बुधबार

कांग्रेस कार्यसमितिको बैठक नै नबसी स्थगित


Congress-Party-Office

७ वैशाख, काठमाण्डौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार बस्ने बैठक स्थगित भएको छ ।

नेता खुमबहादुर खड्काको निधनका कारण चैत १६ गते स्थगित भएको बैठक शुक्रबार बस्ने भनिएको थियो । तर शुक्रबार पनि बैठक नबसी स्थगित भएको हो । बैठक आउँदो आइतबार बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्ने छ । यसअघि बैठकमा ४२ केन्द्रीय सदस्यले धारणा राखिसकेका छन् ।

अबको बैठकमा बाँकी सदस्यले धारणा राख्ने छन् । बैठकमा चुनावमा पार्टीले ब्यहोर्नुपरेको हारको समिक्षा र कांग्रेसले आउँदा दिनमा खेल्ने भूमिकाका बारेमा छलफलको हुने कांग्रेसले जनाएको छ ।

त्यस्तै कांग्रेसका युवा नेताहरुले पार्टी सञ्चालनका लागि छुट्टै प्रस्ताव पेश गर्ने तयारी गरिरहेका छन् ।

गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ लगायत नेताले विधान विपरित गठन भएको संसदीय बोर्ड र समितिहरु विगठन गर्नुपर्ने, पार्टीलाई वाम गठबन्धनसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन पहिला भएका कमी–कमजोरी हटाउनुपर्ने, नयाँ पुस्ताको उपस्थिति र जिम्मेवारी बाँडफाँडमा ध्यान दिनुपर्नेलगायत विषय प्रस्तावमा उल्लेख गर्ने भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !