७ बैशाख २०८१, शुक्रबार

सामसङ ग्यालेक्सी एस नाइन प्लसको प्रि बुकिङ सुरु


Samsung S9

७ वैशाख, काठमाण्डौ । सामसङ इलेक्ट्रोनिक्स्ले नेपाली बजारमा सामसङ ग्यालेक्सी एस नाइन प्लस १२८ जीबीसहित ल्याउने भएको छ । अप्रिल १७ देखि सुरु भएको सामसङ ग्यालेक्सी एस नाइन प्लस १२८ जीबी को लागि प्रि बुकिङ गर्न सकिने सामसङले जनाएको छ ।

प्रि बुकिङ गर्न चाहने उपभोक्ताले बुकिङ गरे बापत रु ७२०० बराबरको बोटल स्पिकरसहित अन्य ग्यालेक्सी उपहार, टर्किस एयरलाइन्सको खरिदमा १५ प्रतिशतसम्मको छुट, रुट्स फेशनमा खरिद बापत १० प्रतिशत छुट र साथै केजिएच होटेलमा रु ५००० मा कोठा बुक गर्ने सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

उक्त स्मार्टफोनको खरिदसँगै प्रयोगकर्ताहरुले एनसेलको तर्फबाट १२ हजार एमबी डाटा र १२ हप्ताका लागि  हरेक हप्ता एक हजार एमबी र  एक वर्षे बीमा पनि प्राप्त गर्नेछन् ।    उपभोक्ताहरुलाई ग्यालेक्सी एस नाइन प्लस १२९ जीबी मोवाइलको मुल्य १ लाख ९ हजार ९ सय को मुल्य रु ५ हजारको क्यासब्याक उपलब्ध हुने कम्पनीले जनाएको छ । अप्रिल २३देखि नेपालभरका सामसङ ब्राण्ड स्टोर तथा केही रिटेल स्टोरमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नेपालमा पाइने सम्पूर्ण मोबाइलको बजार मुल्य यहाँ हेर्नुहोस ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !