१२ बैशाख २०८१, बुधबार

एकता संयोजन समितिको बैठक बिना निष्कर्ष टुंगियो


Baam-Unity

४ वैशाख, काठमाण्डौ । एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बिना निष्कर्ष टुंगिएको छ । पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउन दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।

मंगलबार बसेको बैठकले पार्टी एकताको लागि बनेका कार्यदलको प्रतिवेदनलगायतका विषयमा छलफल गरेको थियो ।

दुई पार्टीबीच आउँदो आइतबार कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन पारेर एकता गर्ने निर्णय भए पनि एकीकृत पार्टीमा कुन पार्टीका कति सदस्य रहने, चुनाव चिह्न के बनाउने र विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने कि नराख्ने भन्ने बारेमा सहमति जुटेको छैन ।

एमालेको सोमबार बसेको स्थायी कमिटी बैठकले माओवादीसँगको अविश्वास हटाएर ९ वैशाखमै पार्टी एकता घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको थियो । दुवै पार्टीका नेताहरुले वैशाख ९ गते नै पार्टी एकता हुने सम्भावना रहेको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !