१२ बैशाख २०८१, बुधबार

वैशाख ९ गते नै एकता गर्न एमालेको जोड


emale

४ वैशाख, काठमाण्डौ । नेकपा एमालेको स्थायी कमिटीको बैठकले नेकपा माओवादी केन्द्रसँगको एकतालाई सकेसम्म वैशाख ९ गते नै घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

दुई पार्टीले गठन गरेका संगठन र वैचारिक कार्यदलले प्रतिवेदन दिइसकेको र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस वैशाख ९ गते नै एकता गर्न सुझाइएको भन्दै एमाले स्थायी कमिटीले कार्यदलको प्रतिवेदन अनुसार अघि बढ्न भनेको हो ।

स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार एकताका लागि गर्नुपर्ने आन्तरिक तयारी पूरा गरेर ढिलो नगरी अधिकतम सहमति गरी एकता घोषणा गर्नुपर्ने नेताहरुको जोड छ । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार दिनभर अन्य कार्यक्रम स्थगन गरी एकता प्रक्रियासम्बन्धी छलफलमा जुट्नुभएको थियो । उहाँले बिहान केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो ।

दुई दलबीचको एकता संयोजन समितिको बैठक मंगलबार बिहान राखिएको छ । संयोजन समितिले प्रतिवेदनमा सहमति हुन बाँकी देखिएको एकताको मिति, घोषणा प्रक्रिया, एकतामा सांगठनिक अनुपात, जनयुद्धबारेको विश्लेषणबारेमा निर्क्यौल गर्नुपर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !