८ बैशाख २०८१, शनिबार

अब एमाले–माओवादीले विकास अधिनायकवादको गर्छन् : सभापति देउवा


Sher Bahadur Deuwa

३ वैशाख, चितवन ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद सुरु गरिसकेको आरोप लगाउनुभएको छ ।

भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै उहाँले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद सुरु भइसक्यो । मनोमानी बढ्यो ।’ अर्को प्रश्नमा व्यंग्य गर्दै सभापति देउवाले भन्नुभयो, ‘अब विकास गर्छन् तर अधिनायकवादको ।’

सरकारको एक सय दिन हनिमुन समय भएको भन्दै उहाँले काम हेर्ने बताउनुभयो । ‘सुरुकै कामबाट धड्काधड्की विकास भएको छ’, उहाँले एमाले–माओवादीप्रति व्यंग्य गर्दै भन्नुभयो, ‘कुनै किसिमको सरसल्लाह छैन, आफ्नै तरिकाले गरेका छन्, काम गर्न सकेका छैनन् ।’

पार्टी त कमजोर भएको छ नि भन्ने प्रश्नमा उहाँले दुईवटा पार्टी मिलेपछि चुनावमा जित हार हुने कुरा स्वाभाविक भएको बताउनुभयो । उहाँले प्रजातन्त्रको रक्षाका लागि लड्ने र प्रजातन्त्रको मूल्य मान्यताअनुसार जनताको अधिकारका लागि कांग्रेस लडिरहने बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !