७ बैशाख २०८१, शुक्रबार

बलात्कार गरेको आरोपमा थारू पक्राउ


पक्राउ

बर्दिया । बर्दियामा बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाको राजपुर नगरपालिका–४ सघर्ष नगर छेदिया बस्ने २३ वर्षीय बिमल थारूलाई प्रहरीले १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो ।

पक्राउ परेका थारुले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !