११ बैशाख २०८१, मंगलबार

वीर अस्पतालका ३० स्वास्थ्यकर्मीमा संक्रमण


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौं । वीर अस्पतालका ३० भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यकर्मीमा संक्रमण थपिँदै गएपछि जनशक्तिको अभाव हुने अवस्था आएको एक चिकित्सकले जानकारी दिए ।

विभिन्न वार्ड तथा आइसियूमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण तीव्र गति फैलिरहेको छ । बिहीबार मात्रै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पनि ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको थियो ।

चिकित्सकका अनुसार अस्पतालमा कोरोना संक्रमितको भर्ना हुने दर पनि उकालो लागेको छ । गएराति मात्रै १४ जना संक्रमित अस्पताल भर्ना भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !