७ बैशाख २०८१, शुक्रबार

दुर्घटनाबाट ९ महिने शिशुको मृत्यु, ९ जना घाइते


दुर्घटना

दाङ । दाङको पूर्वपश्चिम राजमार्गको लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका–५ सिसहनियाँस्थित दालाई खोला नजिक बस दुर्घटनामा एक शिशुको मृत्यु भएको छ ।

विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा भारत जिल्ला मोतीहार बस्ने असिर आलकका छोरा नानु आलम रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते शिशुको उपचारका लागि कोहलपुर लग्दै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !