४ बैशाख २०८१, मंगलबार

पिसाब फर्दै गर्दा करेन्ट लागेर एकजनाको मृत्यु


मृत

काठमाडौं । ललितपुरमा करेन्ट लागेर बस चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार गोटिखेलबाट चापागाँउतर्फ जाँदै गरेको बा.३ ख.४१०८ नम्बरको बसको टायर पञ्चर भई रोकीराखेको अवस्थामा पिसाब फेर्ने क्रममा करेन्ट लागेर बस चालक कोञ्ज्योसोम दलचोकी बस्ने ३५ वर्षीय शम्भु घिमिरेको मृत्यु भएको हो ।

प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएका घिमिरेलाई उपचारका लागि कीर्तिपुर अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !