१३ बैशाख २०८१, बिहिबार

नाडामा शम्भु दाहाल प्यानलको शानदार जित


Nada Automobile

२७ चैत, काठमाण्डौ । नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा शम्भुप्रसाद दाहालले शानदार जित हासिल गरेका छन् ।

एशोसिएसनका साधारण सदस्य तथा संस्थागत सदस्य पदमा समेत दाहाल प्यानलकै अधिकांशको जित भएको छ ।

अध्यक्षमा दाहालले ६६० मतसहित जित हात पारेका हुन् । अध्यक्षका अर्का प्रत्यासी रामप्रसाद कँडेल शर्माले ६८ मत मात्र प्राप्त गरे ।

यस्तै, साधारण सदस्यहरुमा कृष्णप्रसाद दुलाल, करणकुमार चौधरी, अमिक ज्योति, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, अनुपकुमार बराल, विक्रम सिंघानिया, प्रकाश कपुरी, सुरज भट्टराई विजयी भएका छन् ।

यसैगरी, दीपक अग्रवाल, मिलनबाबु मल्ल, पंकज अग्रवाल, नन्दकिशोर शाही, निलमणि पाठक पनि विजयी भएका छन् ।

संस्थागत सदस्यतर्फ ध्रुवबहादुर थापा, नारायणप्रसाद कँडेल, नवराज डल्लाकोटी र माधवप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !