१२ बैशाख २०८१, बुधबार

संघीय संसदमा दुई सचिव थपिँदै, फुयाँल र योगी सिफारिस


२७ चैत, काठमाण्डौ । संघीय संसदमा दुईजना सचिव थपिने भएका छन् ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर  महरा र संघीय संसदका अध्यक्ष गणेश तिम्सिनाको सिफारिसमा प्रतिनिधिसभा र राष्ट्रियसभा सम्हाल्ने गरी दुईजना सचिव नियुक्त हुन लागेका हुन् ।

माओवादीले प्रतिनिधि सभाको लागि सचिवमा गोपालनाथ योगी तथा एमालेले राष्ट्रियसभाको सचिवमा राजेन्द्र फुयाँललाई सिफारिस गरेका छन् । दुवै सचिवलाई केही दिनभित्र नियुक्ति गर्ने तयारी भइरहेको राष्ट्रपति कार्यालय श्रोतले जनाएको छ ।

संवैधानिक कानुनी पृष्ठभूमि भएका योगीलाई अघिल्लो पटक व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्तीले समेत सिफारिस गर्नुभएको थियो । तर, त्यतिबेला राष्ट्रपति कार्यालयले रोकेको थियो ।

अहिले भने एमाले माओवादी गठबन्धन सरकार भएकाले योगी सचिवमा नियुक्त हुने पक्का जस्तै छ । लामो समय पत्रकारिता गरेका फुयाँल भने कान्तिपुर दैनिकमा आवद्ध हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !