७ बैशाख २०८१, शुक्रबार

नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार रकम अर्ब नजिक


Bullish trend share-market

२५ चैत, काठमाण्डौ । आइतबार सेयरबजारमा उछाल आउँदा १६ कम्पनीका लगानीकर्ताले झण्डै दश प्रतिशतका हाराहारीमा कमाएका छन् । १७६ कम्पनीको कारोबार भएको बजारमा १४ कम्पनी बाहेक सबै कम्पनीको सेयर मूल्य बढेको छ । आज बजार उतारचढावका बीच ४४ दशमलव २६ अंकले बढेर १ हजार २ सय ९४ दशमलव ६५ को बिन्दुमा पुगेको छ ।

परिसुचक बढेसँगै आज कारोबार रकम करिब अर्ब नजिक पुगेको छ । यसदिन १७६ कम्पनीको ९१ करोड ७७ लाख ८ हजार ९५९ रुपैयाँको शेयर किनबे भएको छ । गत साताको अन्तिम दिन बिहीबार ६१ करोड रुपैयाँको कारोबार भएको बजारमा आज कारोबार रकम ५० प्रतिशत अर्थात ३० करोड रुपैयाँले बढेको हो ।

कारोबारमा आएका १७६ कम्पनीमध्ये नबिल बैंकको सबैभन्दा बढी ३ करोड रुपैयाँ माथिको शेयर किनबेच भएको छ । त्यस्तै प्रभु इन्स्योरेन्सको २ करोड ६६ लाख रुपैयाँ, एभरेष्ट बैंकको २ करोड ४३ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक, नेपाल बंगलादेश बैंक, नेपाल लाइफ इन्स्योरेन्स बैंक, शिखर इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोड रुपैयाँमाथिको शेयर किनबेच भएको छ ।

आजको कारोबारमा सुर्योदय लघुवित्त वित्तीय संस्था, महुली सामुदायिक लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । त्यस्तै मिथिला लघुवित्त, निर्धन उत्थान बैंक, नेपाल इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स, प्राइम लाईफ इन्स्योरेन्स, गुराँस लाईफ इन्स्योरेन्स, अरुण काबेली लगायतका कम्पनीको शेयर मूल्य करिब १० प्रतिशत अर्थात साढे ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

१४ कम्पनीको शेयर मूल्य घटेको बजारमा आज सबैभन्दा बढी राधी विद्युत कम्पनीका लगानीकर्ता रहेका छन् । कम्पनीको शेयर मूल्य ३ दशमलव ४३ प्रतिशतले घटेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !