८ बैशाख २०८१, शनिबार

घुससहित जिल्ला शिक्षा कार्यालयका २ इन्जिनियर पक्राउ


२४ चैत, कास्की । कास्कीको मादी गाँउपालिकाका दुई सामुदायिक आधारभूत विद्यालयबाट घुस लिँदै गरेका जिल्ला शिक्षा कार्यालय कास्कीका दुई जना प्राविधिक घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले गोप्य सूचनाको आधारमा पोखराको एक रेष्टुरेण्टबाट घुस लिँदै गर्दा जिल्ला शिक्षा कार्यालयका दुई जना प्राविधिकलाई पक्राउ गरेको कार्यालयले जनाएको छ । पक्राउ पर्ने प्राविधिकमा इञ्जिनियर छविन्द्रबिक्रम खाँड र इञ्जिनियर प्रदीपकुमार बानियाँ रहेका छन् ।
उनीहरु अहिले अख्तियारको नियन्त्रणमा रहेका छन् ।

उनीहरुमाथि आवश्यक छानविन भइरहेको अख्तियार अनुसन्धान आयोगले जनाएको छ । मादी गाँउपालिकाका प्रभात आधारभूत र नारायण आधारभुत विद्यालयको भवन निर्माण पश्चात जिल्ला शिक्षा कार्यालयका प्राविधिकले घुस मागेका थिए ।

विद्यालय भवन निर्माण कार्य सकिएपछि प्राविधिकको अन्तिम विल भरपाई समेत पेश गर्नु पर्ने भएकोले विल भरपाईको लागि प्राविधिकले एक लाख रुपैयाँ घुस मागेको स्रोतले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !