११ बैशाख २०८१, मंगलबार

नेप्सेको वेबसाइटमा समस्या, लागानीकर्ता अन्यौलमा


Nepse office

२१ चैत, काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्च (नेप्से)को वेबसाइटमा समस्या देखिएको छ । वेभसाइट नचलेपछि लगानीकर्ताहरु सेयर बजारको बारेमा जानकारी लिन पाइरहेका छैनन् । सर्भरमा समस्या देखिएपछि वेबसाइट खुलेको छैन ।

तर नेप्सेले भने इन्टरनेटको समस्याले पनि यस्तो भइरहेको जानकारी दिएको छ । समस्या समाधान गर्नका लागि पहल भइरहेको नेप्सले जानकारी दिएको छ । बजारका सूचना र जानकारीहरु नपाउँदा लगानीकर्ताहरु अन्योलमा परेका छन् ।

बजार खुलेको ३५ मिनेटसम्म नेप्से ७ अंकले उकालो लागेको छ । यसबीचमा एक करोड २० लाख बढीको कारोबार भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !