८ बैशाख २०८१, शनिबार

नेप्सेमा सामान्य वृद्धि, कारोबार २१ करोडमाथि


bullness trend

२० चैत, काठमाण्डौ । आज बजार खुलेको एक घण्टा नबित्दै घटेको नेप्से पुर्ण रुपमा उकालो लागेर १ हजार १ सय ९९ अंकको विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज नेप्से ६ दशमलव ०४ प्रतिशतले बढेको छ । त्यस्तै क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ सय ५५ दशमलव ९९ अंकमा पुगेको छ ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६० कम्पनीका ६ लाख ६६ हजार ५ सय ९६ कित्ता सेयर २१ करोड ८१ लख ६६ हजार ३ सय १६ रुपैयाँमा किनबेच भएको छ । यो दिन सबैभन्दा बढी नागरिक लगानीकोषले कारोबार गरेको छ । यो कम्पनीले १ करोड २५ लाख बढीको कारोबार गरेको हो ।

यस्तै, स्ट्याण्डर्ड चार्टर्डले १ करोड ६ लाख, नवील बैंकले १ करोड ५ लाख, इन्भेष्टमेन्ट बैंकले १ करोड ३ लाख, एभरेष्ट बैंकले ७२ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ७२ लाख, ग्लोबल आइएमई बैंकले ६७ लाख, चिलिमे हाइडोले ६१ लाख, सानिमा बैंकले ५२ लाख बढीको कारोबार गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले लिमीटेडले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य ७ प्रतिशतको हाराहारीमा बढ्यो । समता माइक्रोफाइनान्सका सेयरधनीले ५ प्रतिशतको हाराहारीमा कमाए ।

यो दिन वरुण हाइड्रोका सेयरधनीले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा घट्यो । अरुण हाइड्रोका लगानीकर्ताले ५.१६ प्रतिशतले सम्पत्ति गुमाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !