८ बैशाख २०८१, शनिबार

एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक बस्दै


CPN UML and Maoist

२० चैत, काठमाण्डौ । एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक मंगलबार बस्दैछ ।

सम्बन्धित कार्यदलले तयार गरेको प्रतिवेदनमाथि छलफल गर्न दुवै कार्यदलसहित दिउँसो ४ बजे बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा दुवै प्रतिवेदन संयोजन समितिलाई हस्तान्तरण गरिने कार्यदलले जनाएका छन् । गएको फागुन १० गतेको एकता संयोजन समितिले गठन गरेको अन्तरिम विधान तर्जुमा र वैचारिक विषयसँग सम्बन्धित कार्यदलले आफ्नोतर्फबाट प्रतिवेदन तयार गरेकाले त्यसलाई टुङ्गो लगाउन संयोजन समितिको बैठक बस्न लागेको नेताहरुले बताएका छन् ।

एकता संयोजन समितिले निर्णय गरेपछि आउँदो वैशाख ९ गतेभित्र एकता घोषणा गर्ने तयारी भएको छ । पार्टीको नाम नेकपा कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद लेलिनवाद राख्नेलगायत सातबुँदे प्रारम्भिक आधारमा दुई दलले गएको फागुन ७ मा सहमति गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघिकै पार्टी एकता गर्ने भनिए पनि सहमति भईनसक्दा एकता लम्बिएको छ । सकेसम्म सहमति हुन बाँकी विषयमा छलफल गरी टुंगो लगाउने र मंगलबार सहमति जुट्न नसके फेरि छलफल गर्दै अघि बढ्ने तयारी भएको नेताहरुले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !