७ बैशाख २०८१, शुक्रबार

साञ्जेन जलविद्युत्तमा एक लाख ५६ हजार ६४५ आवेदकले पाए ४० कित्ता सेयर


Sanjen IPO

१८ चैत, काठमाण्डौ । साञ्जेन जलविद्युत्त कम्पनीले पहिलो चरण फागुन ११ देखि ३० गतेसम्म कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि निष्काशन गरेको सेयर आइतबार बाँडफाँड भएको छ । साञ्जेनले ७१ लाख १७ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेकोमा एक लाख ८५ हजार ३५ जना आवेदकले चार करोड २० लाख ३१ हजार २०० कित्ता सेयर माग गरेका थिए ।

साञ्जेनमा आवेदन गरेका सबै एक लाख ८५ हजार ३५ जना आवेदकलाई ३० कित्ताका दरले ५५ लाख ५१ हजार ५० कित्ता सेयर बाँडफाँड गरिएको छ ।

कम्पनीमा अावेदन गरेका एक लाख ८५ हजार ३५ जना आवेदकमध्ये एक लाख ५६ हजार ६४५ आवेदकलाई बाँकी रहेको १५ लाख ६६ हजार ४५० कित्ता सेयर थप १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ ।

यसरी हेर्दा एक लाख ५६ हजार ६४५ आवेदकले ४० कित्ता सेयर प्राप्त गरेका छन्  भने २८ हजार ३९० जना आवेदकले  मात्र ३० कित्ता सेयर प्राप्त गरे ।

पहिलो चरणमा निष्काशित आईपिओमा न्यूनतम ५० देखि बढीमा ३०० कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !