८ बैशाख २०८१, शनिबार

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु


दुर्घटना

बुटवल । एम्बुलेन्स र मोटरसाइकल ठोक्किंदा सवार दुईजनाको मृत्यु भएको छ । रुपन्देहीमा भएको दुर्घटनामा परि मोटरसाइकल चालक गुल्मी स्थायी घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ बस्ने २४ वर्षीय अनमोल थापा र मोटरसाइकलको पछाडि बसेका सैनामैना–४ का ३५ वर्षीय निशान क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते थापा र क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको छ । पश्चिमबाट बुटवलतर्फ आइरहेको लु १ झ २८७ नम्बरको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ गइरहेको लु २४ प ३९८७ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा ठोक्किएका थिए ।

एम्बुलेन्स चालक गैडहवा गाउँपालिका ६ का ३६ वर्षीय सुरेन्द्र मुराउ घाइते भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !