१२ बैशाख २०८१, बुधबार

बुधबारको कारोबारमा तीव्र उतारचढाव, टिकेन लगानीकर्ताको उत्साह


Bearish Market

१४ चैत, काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा बुधबारको कारोबारमा तीव्र उतारचढाव देखिएको छ । सरकारले आज श्वेत मार्फत वर्तमान समयमा देखिएका वित्तीय समस्यालाई सम्बोधन गर्ने बताइरहँदा बजारमा भने उच्च उतारचढाव देखिएको हो ।

बुधबार बजार परिसूचक २.९ को झिनो अंकले घट्दा समेत कारोबार रकम भने बढेर ५१ करोड माथि पुुगेको हो । यसले बजारलाई कारोबार रकमको बलियो साथ प्राप्त हुँदै गएको देखिन्छ । बुुधबार नेप्से परिसूचक घटेर १२०४.८१ अंकमा सीमित बन्न पुुग्यो ।

बुधबार १६२ कम्पनीका १३ लाख ५२ हजार २९० कित्ता सेयरहरु ७ हजार ४ सय ५३ वटा कारोबारबाट ५१ करोड ४१ लाख ५० हजार १३७ रुपैंयामा किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम २६ लाख रुपैंयाले बढेको हो । मंगलबार बजारमा उच्च उतारचढाव आउँदा ५१ करोड १५ लाख ५३ हजार रुपैंयाको सेयर किनबेच भएको थियो । यसरी बजारमा देखिएको कारोबार चापले भने बजारलाई माथि जान सघाउने देखिन्छ ।

बुधबार कारोबार रकमका आधारमा युनिलिभर नेपालमा धेरै चाप देखिएको छ । युनिलिभरको मात्र बुधबार २ करोड ५८ लाख ८९ हजार रुपैंयाको सेयर किनबेच भएको छ । कारोबार रकममा युनिलिभरलाई नेपाल बैंक, नेपाल लाइफ, नबिल, एभरेष्ट बैंक, चिलिमे हाइड्रो, स्टाण्डर्ड चार्टर्ड, सानिमा, इन्भेष्टमेण्ट बैंक लगायतले पछ्याएका छन् ।

सेयर मूल्य धेरै बढ्नेको सूचीमा भने साना तथा मझैला कम्पनी परेका छन् । सिनर्जी पावर, मिथिला लघुवित्त, प्रिमियर इन्स्योरेन्स, रिडि हाइड्रो लगायत कम्पनीको सेयरमूल्य धेरै बढेको छ । केही दिन अघि सुचिकरण भएर कारोबारमा आएको राधी जलविद्युत तथा बुधबारदेखि कारोबार खुलेको कर्पोरेट डेभलपमेण्ट बैंकको पनि सेयर मूल्य अधिक बढेको देखिएको छ ।

ग्लोबल आइएमई लघुवित्त बित्तीय संस्थाले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ८.४२ प्रतिशतले घट्यो । यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालका लगानीकर्ताले समेत ७.३३ प्रतिशतका दरले सम्पत्ति गुमाए ।

बुधबार कारोबारमा आएका १६२ मध्ये ५१ कम्पनीको सेयरमूल्य बढेको छ । बाँकी सबै कम्पनीकोहरुको सेयर बढ्न सकेन ।

यो पनि पढ्नुहोस् :

आज श्वेतपत्र सार्वजनिक नहुने

आज आर्थिक श्वेतपत्र जारी हुने, लगानीकर्ताका सबै माग सम्बोधन नहुने

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !