११ बैशाख २०८१, मंगलबार

आज श्वेतपत्र सार्वजनिक नहुने


finance-ministry

१४ चैत, काठमाण्डौ । पूँजी बजारका लगानीकर्ताका लागि बहुप्रतिक्षामा रहेको श्वेतपत्र बुधबार सार्वजनिक नहुने भएको छ । श्वेतपत्र तयार अवस्थामा रहेपनि आज अपरान्ह मन्त्रीपरिषद् बैठक बस्ने भएकोले श्वेतपत्र सार्वजनिक कार्यक्रम टरेको बुझिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्र मन्त्रिपरिषदबाट अनुमोदन गराएर मात्र सार्वजिनक गर्ने तयारी गरेका छन् । श्वेतपत्रमा मुलुकको वर्तमान आर्थिक स्थिति र भावी रणनीतिबारे उल्लेख गरिने गरिन्छ ।

अर्थमन्त्रालय श्रोतका अनुसार श्वेतपत्र शुक्रबार सार्वजनिक हुने छ । भोली बिहीवार संघीय संसदमा राष्ट्रपति बिद्यादेवि भण्डारीले सम्वोधन गर्ने कार्यक्रम भएकाले शुक्रवार सार्वजनिक हुने सम्भावना बढेको हो ।

श्वेतपत्रले बैकहरूमा देखिएको तरलता संकट समाधान गर्ने तत्कालिक उपायको खाजी कसरी गर्ने छ भनेर बैंक तथा वित्तीय संस्थाले ब्यग्रतापूर्वक हेरेका छन् । यसरी नै श्वेतपत्रमा निरन्तर घटेको सेयर बजारलाई बिश्वासमा लिएर के कार्यक्रम आँउछ भन्ने विषयमा लगानीकर्ताले चासो दिएको छन् ।

अर्थ मन्त्रालयका प्रवक्ता अर्जुन पोखरेलले पनि श्वेतपत्रमा शेयर बजारसँगै बैंक तथा वित्तीय क्षेत्रलाई समग्र रुपमा समेटर विशेष कार्यक्रम आउने जानकारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !