११ बैशाख २०८१, मंगलबार

उर्जामन्त्री र भारतीय राजदूतविच शिष्टाचार भेट


singhadarbar

१३ चैत, काठमाण्डाै । भारतीय राजदूत मंजिवसिंह पुरीले उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारस्थित उर्जा मन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको छ । भेटमा भातीय राजदूत पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा अरुण तेस्रो परियोजना र पंचेश्वरलाई अघि बढाउने तयारीमा भारत रहेको जानकारी दिनुभएको थियो ।

मन्त्री पुनले भारतीय राजदूतलाई भारतबाट आयात भइरहेको पावर टे«डिङको हकमा प्रतिस्पर्धा गराई सस्तोमा विद्युत आयात गर्न नेपाल इच्छुक रहेकोे धारणा राख्नुभएको थियो ।

अहिले नेपालले ४ सय मेगावाट बराबर भारतबाट बिजुली आयात गरिरहेको छ । मन्त्री पुनले बुटवल–गोरखपुर ४ सय केभि अन्तरदेशीय प्रशारण लाइन निर्माणमा नेपाललाई सहयोग गर्न पनि राजदूत पुरीसँग आग्रह गर्नुभएको थियो ।

भेटमा राजदूत पुरीले मन्त्री पुनको प्रस्तावप्रति भारत सरकार सकरात्मक भएको र मोडालिटीको बारेमा छलफल गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

राजदूतसँगको भेटमा उर्जामन्त्री पुनले पंचेश्वर जलविद्युत आयोजना नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !