१२ बैशाख २०८१, बुधबार

नेपाली क्रिकेट टिम अाज नेपाल आउँदै


cricket-nepali-team

५ चैत, काठमाण्डाै । आइसीसी विश्वकप छनोट क्रिकेट खेल्न जिम्बाबे गएको नेपाली क्रिकेट टोली अाज (सोमबार) साँझ ५ः५५ बजे त्रिभुवन विमास्थलमा आइपुग्ने भएको छ ।

विश्वकप क्रिकेट छनोट अन्तर्गत दुई खेल जितेको नेपालले क्रिकेट इतिहासमा सबैभन्दा ठूलो उपलब्धि हासिल गरेको छ । नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाएको छ ।

समूह चरणमा हङकङलाई जितेको नेपालले पहिलो प्लेअपमा पपुवा न्यूगिनीलाई हराउँदै एकदिवसीय मान्यता पाएको हो । सातौं स्थानका लागि भएको खेलमा भने नेदरल्याण्ड्ससँग ४५ रनले हारेको नेपाल आठौं स्थानमा रहन सफल भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !