११ बैशाख २०८१, मंगलबार

सी जिनपिङ दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा अनुमोदित


china-president-xi-jinping

एजेन्सी, ३ चैत । चिनियाँ संसदले राष्ट्रपति सी जिनपिङलाई दोस्रो कार्यकालका लागि सर्वसम्मतिले राष्ट्रपतिमा अनुमोदन गरेको छ ।

संसदले भ्रष्टाचारविरोधी निकायका पूर्वअधिकारी वाङ चिसानलाई उपराष्ट्रपतिमा नियुक्त गरेको छ ।

बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा भएको मतदानमा राष्ट्रपति दोस्रो पाँचवर्षे कार्यकालका लागि सर्वसम्मत हुनुभएको हो । गएको हप्ता चिनियाँ संसदले राष्ट्रपतिको कार्यकालसम्बन्धी सीमा संविधानबाट हटाएर एउटै व्यक्ति जटि पटक पनि राष्ट्रपति बन्न पाउने व्यवस्था गरेको थियो ।
अब राष्ट्रपति सी अनन्तकालसम्म सत्तामा रहन सक्नुहुनेछ ।

गएको अक्टोबरमा भएको कम्युनिष्ट पार्टीको महाधिवेशनमा राष्ट्रपति सी राजनीतिक शक्ति आफूमा केन्द्रित गर्दै पार्टीको विधानमा आफ्नो नामसहितको राजनीतिक विचारधारा लेखाउन सफल हुनुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !