१२ बैशाख २०८१, बुधबार

ट्याङ्कर चालक र नेपाल आयल निगमबीच सहमति


३ चैत, काठमाण्डाै । लकिङ प्रणालीको विरोध गर्दै आएका ट्यांकर चालक र नेपाल आयल निगमबीच सहमती भएपछि इन्धन आयात सुरु हुने भएको छ ।

शुक्रबार भएको वार्तामा ४५ दिनभित्र तलब सुविधा बढाउन निगम सहमत भएपछि चालकले तीन दिनदेखिको हड्ताल फिर्ता लिएर इन्धन लिन भारत गएको निगमले जनाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार उनीहरुको तलब बढाउने भन्ने विषयमा अध्ययन गर्न मेची पेट्रोलियम डिलर्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष नवीन कोइरालाको संयोजकत्वमा एउटा समिति गठन गरिएको छ ।

सरकारले ट्याङकरमा हुने इन्धन चोरी र मिसावट नियन्त्रण गर्न गएको बुधबारदेखि ट्याङकरमा लकिङ प्रणाली सुरु गरेको हो । यसको विरोधमा चालकले तीन दिन इन्धन आयातमा अवरोध गरेका थिए ।

झापाको चारआलीबाट सुरु भएको यो प्रणाली तीन महिना भित्र सबै ठाउँमा गरिसक्ने निगमको तयारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !