८ बैशाख २०८१, शनिबार

रेशम चौधरीले तोडे अनसन, गृहमन्त्री बादलले पिलाए जुस


resham choudhari

२ फागुन, काठमाण्डौ । प्रतिनिधिसभामा कैलाली-१ वाट निर्वाचित रेशम चौधरीले अनशन तोडेका छन् । चौधरीले १८ दिनपछि अनशन तोडेका हुन् ।

उनलाई गृहमन्त्री रामबहादुर थापाले जुस पिलाएर अनशन तोडाएका थिए ।

आन्दोलनका क्रममा टीकापुरमा भएको घटनाका मुख्य अभियुक्त भन्दै चौधरीलाई कैलाली जिल्ला अधारलले पुर्पक्षका लागि थुनामा राखेको थियो ।

उनले आफू दोषी नभएको भन्दै रिहाइ गर्न माग गर्दै हिरासद मै अनशन बसेका थिए । उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उपचारका लागि काठमाण्डौस्थित वीर अस्पतालमा ल्याइएको थियो ।

उनले पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको आग्रहमा अनशन तोडेका हुन् । अनसन तोडाउँदै गृहमन्त्री थापाले अदालती प्रक्रिया बाहेकका माग पूरा गर्ने प्रतिवद्धता जनाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !