७ बैशाख २०८१, शुक्रबार

प्रधानन्यायाधीशको राजीनामाले न्यायिक दुर्घटनाबाट जोगायो : मैनाली


Bishwo kant Mainali

१ चैत काठमाण्डौ । बरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले प्रधानन्यायाधीशको राजिनामाले एउटा राम्रो निकास दिएको स्पष्ट पारेका छन् । उनले भने,‘उहाँको राजिनामाले न्यायालयलाई दुर्घटना हुनबाट जोगाएको छ, यो राम्रो कुरा हो।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै  बरिष्ठ अधिवक्ता मैनालीले यस्तो धारणा राखेका हुन् ।

मैनालीले राजनीतिक भागबण्डाको आधारमा न्यायाधीश नियुक्त गर्दा न्यायालय आज यो अवस्थामा गुज्रिनु परेको स्पष्ट पारे । उनले भने,‘न्यायाधीश नियुक्ती ईमानदारिता, योग्यता र क्षमताको आधारमा गरिनुपर्छ।’

त्यस्तै उनले न्यायापालिकाभित्र विकृति, विसंगति र भ्रष्टाचार भएको कुरा न्यायाधीशहरुकै सम्मेलनले स्विकारी सकेकोले यस्तो विकृति, विसंगति र भ्रष्टाचार नियन्त्रण गर्नको लागि संसदभित्र एउटा शक्तिशाली समिति गठन गर्नुपर्ने आवश्यकत्ता औंल्याए ।

ट्रान्स्परेन्सी ईन्टरनेश्नलले पनि प्रहरीपछि दोस्रो भ्रष्टाचार हुने निकाय न्यायालय भएको देखाएको र संसदीय सुनुवाई समिति पनि औचित्यहिन भएकोले अब यसलाई रोक्नको लागि समिति गठन गर्न आवश्यक रहेको उनको भनाई थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !