१३ बैशाख २०८१, बिहिबार

कामु प्रधानन्यायाधीशमा दीपकराज जोशी, आफूलार्इ एकल इजलास तोके


Suprme-Court

१ चैत, काठमाण्डौ । प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि सर्वोच्च अदालका वरिष्ठतम न्यायाधीश दीपकराज जोशी कायममुकायम प्रधानन्यायाधीश भएका छन् ।

बुधबार न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश पराजुलीलाई साउनमै अवकास पाएको पत्र पठाएपछि जोशीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका हुन् ।

कामु प्रधानन्यायाधीश जोशीले आज (विहीबार)देखि नै सर्वोच्च अदालतमा पेशी सूची तोकी आफूसहित अन्य न्यायाधीशहरूलाई इजलास तोकेका छन् ।

पेशीसूची अनुसार ओमप्रकाश मिश्र र टंकबहादुर मोक्तान, चोलेन्द्र शम्शेर जबरा र डम्बरबहादुर शाही, दीपककुमार कार्की र बमकुमार श्रेष्ठ, केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारी, शारदाप्रसाद घिमिरे र सपना मल्ल प्रधान, मीरा खड्का र प्रकाशमान सिंह राउत, हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराई, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलास तोकिएको छ ।

साथै उनले आफूलाई एउटा एकल इजलास राखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !