६ बैशाख २०८१, बिहिबार

आइतबार पनि दोहोरो अंकले घट्यो शेयर बजार


bearish-market

२८ फागुन, काठमाण्डौ । शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ ।

आइतबार दोहोरो अंकले घटेर नेप्से एक हजार २८४ दशमलव ९ बिन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से हिजो ३१ दशमलव ४ बिन्दुले ओरालो लागेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ६ दशमलव ४ बिन्दुले ओरालो लागेर २७३ दशमलव ६ बिन्दुमा पुगेको छ ।

सबै उपसमूहका शेयर ओरालो लाग्दा बजार प्रभावित भएको हो । स्टकका अनुसार बैंकिङ २३ दशमलव १५, होटल ६३ दशमलव ५२, विकास बैंक २५ दशमलव ५२, जलविद्युत् ६४ दशमलव ६५, फाइनान्स ८ दशमलव ६८, बीमा २४३ दशमलव १८, उत्पादन ५२ दशमलव १७, अन्य १० दशमलव ७५ र माइक्रोफाइनान्स ४५ दशमलव ५२ अंकले ओरालो लागेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !