७ बैशाख २०८१, शुक्रबार

आज नेपाल हङकङसँग खेल्दै, जित्नै पर्ने दबावमा नेपाल


विश्व क्रिकेट लिग च्याम्पियनसिप: नेपाल र हङकङ भिड्दै

२८ फागुन, काठमाण्डौ । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत समूह बी को आफ्नो अन्तिम खेलमा नेपालले सोमबार हङकङबिरुद्ध खेल्दैछ ।

सुपर सिक्स चरणमा पुग्ने सम्भावना गणितीय रुपमा बाँकी नै राख्नका लागि नेपालले हङकङलाई फराकिलो अन्तरको जित हासिल गर्नु आवश्यक छ । तर, झिनो अन्तरमै सही नेपालले हङकङलाई हराएको खण्डमा नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना भने बाँकी नै रहन्छ । त्यसका लागि समूह ए को खेलमा पनि भर पर्नुपर्ने हुन्छ ।

सोमबार यूएई र आयरल्याण्ड तथा नेदरल्याण्ड्स र वेष्टइण्डिज खेल्नेछन् । यदि नेदरल्याण्ड्सले ८७ रन बढीको जित निकाल्यो र आयरल्याण्डले यूएईलाई ५७ रन अन्तरले हरायो भने नेदरल्याण्ड्स सुपर सिक्समा पुग्छ ।

समूह एबाट वेष्टइण्डिज सुपर सिक्समा पुगेको छ । आयरल्याण्ड र यूएईको ४-४ अंक छ भने नेदरल्याण्ड्सको दुई अंक छ । पपुवा न्यूगिनीले चार वटै खेल गुमाएको छ । अर्थात ओडीआई स्टाटसको एक सिट बाँकी हुन्छ ।

तर, नेपाल हङकङसँग हार्ने र यूएई सुपर सिक्समा पुग्ने हो भने नेपालले ओडीआई स्टाटस पाउने मौका मात्र गुमाउने छैन, फेरि डिभिजन टूमै घटुवा हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !