८ बैशाख २०८१, शनिबार

अायाेजक झापा ११ अार्मीसँग हारकाे वदला लिने तयारीमा


२७ फागुन, झापा । झापा गोल्डकपको उपाधिका लागि सोमबार प्रतिस्पर्धा हुँदैछ ।

भाेलि हुन लागेको फाइनलमा यस सिजनको ६ प्रतियोगिताको उपाधि विजेता त्रिभुवन आर्मी र आयोजक रमपम झापा ११ आमनेसामने हुन लागेका छन् ।

झापा ११ झापा गोल्डकपको तीनवटै संस्करणमा फाइनलमा पुगेपनि फाइनलमा पराजित हुदै आएको छ ।

पहिलो संस्करणमा झापाले आर्मीलाई १—० ले नतिजा सुम्पेको थियो यसको वदला तेस्रो संकरणमा लिएरै छाड्ने दावी झापा ११ का टिम कोच तथा त्यसवेलाका झापा ११ का टिम क्याटेन समेत रहनुभएका प्रवेश कटुवालले बताउनुभयो ।

आर्मीका खेलाडीहरुले वढी फिजिकल गेम खेल्ने हो हामी टेक्निकल ग्याम खेलेर आर्मीसग अघिल्लो संकरणमा हारेको वदला लिने रणनितिमा छौ, झापा हाम्रो होम ग्राउण्ड र दर्शकको साथ समेत हुने भएकोले यसले खेलाडीलाई खेल जित्नमा मद्धत पुग्छ झापा ११ का टिम क्याप्टेन योगेशले भन्नुभयो ।

यता आर्मीका टिमकोच चुनबहादुर थापाले आर्मी झापा गोल्डकप जितेर यस सिजनको ७ औं गोल्डकपको उपाधि रक्षा गर्ने उद्धेश्यका साथ झापा आएको बताउनुभयो ।

यस सिजनमा झापामा मात्रै काँकडभिट्टा, झिलझिले गोल्डकपको उपाधि जितिसकेकोले झापामै यसै सिजनमा गोल्डकपमा ह्रयाट्रिक गर्ने र देशका अन्य बीरगंन्ज, धनगढी, सिमरा र हेटैडा गोल्डकपको उपाधि रक्षा गरीसकेर ७ औं उपाधिका लागि आफुहरु तयारी अवस्थामा रहेको थापाले बताउनुभयो ।

यता आर्मीका टिम क्याप्टेन भरत खवासले समेत झापाली टिमका लागि होम ग्राउण्ड र दर्शकका हुटिङ्गका कारण आफुहरु सम्मालिएर खेल्ने बताउनुभयो ।

प्रतियोगिताको विजेताले नगद १२ लाख ५१ हजार रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ र उत्कृष्ट हुने एकजना खेलाडीले यामाहाको एफजेट मोटरसाइकल, ट्रफी र प्रमाणपत्र पाउने आयोजकका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !