१२ बैशाख २०८१, बुधबार

फलफूल तथा जडिबुटीले धानेको जीन्दगी


कनकाई । झापाको मेचीनगरका दिपक नेपाल फलफूल तथा जडिबुटी उत्पादनबाट राम्रो आम्दानी गर्न सक्षम बन्नु भएको छ । केही वर्र्ष अघिसम्म सानो क्षेत्रफलमा शुरु गरिएको फलफूल तथा जडिबुटीको नर्र्सरी व्यवसायलार्ई उहाँले पछिल्लो समय विस्तार गरी बृहत बनाउनुभएको छ ।

साथीभाइ पैसा कमाउन वैदेशिक रोजगारीमा गइरहेका बेला उहाँले भने फलफूलका बिरुवाको नर्सरी शुरु गर्नुभयो । फलफूलका बिरुवा बेचेर पनि पैसा कमाइन्छ र रु भनेर धेरैले उहाँलाई त्यसबेला खिल्ली उडाएका थिए । धेरै मेहनत र सङ्घर्ष गरेर दुर्ई÷चार पैसा कमाउन थालेको समयमा एउटा कम्पनीले धोका दिएपछि व्यवसाय नै परिवर्तन गर्ने सोचमा पुग्नुभएका दिपकलाई स्वरोजगार कर्जाले फलफूलको नर्सरी क्षेत्रमा सफल व्यवसायीको रुपमा चिनाउन हौसला प्रदान ग¥यो । आज उहाँ देशमै एक सफल व्यवसायी बन्नुभएको छ ।

आफूसँग धितो नभएको बेला र पार्टीबाट ठगिएर व्यवसाय नै छोड्ने मनसायमा पुगेको अवस्थामा युवा स्वरोजगार कार्यक्रमअन्तर्गत रु दुई लाख पाएपछि पुनः नर्सरी व्यवसायमा होमिनुभएका दिपकलाई व्यवसायबाट केही सुधार हुने अवस्थामा एउटा कम्पनीबाट पाएको धोकाले घरको न घाटको अवस्थामा पु¥याएको उहाँको भनाइ छ । त्यसबेला स्वरोजगार कार्यक्रमबाट बिनाधितो कर्जा पाउने कुरा सुनेपछि स्थानीय महालक्ष्मी कृषि सहकारी संस्थाबाट रु दुई लाख कर्जा लिएर व्यवसाय शुरु गर्नुभएका दिपक आज आफ्नो व्यवसायबाट पूर्णरुपमा सन्तुष्ट भएको बताउनुहुन्छ ।

दिपकले पछिल्लो समय व्यवसायलाई बृहत बनाउनुभएको छ । उहाँले मेचीनगर–१३ स्थित चारआलीमा एक बिघा दुई कठ्ठा जमीनसमेत भाडामा लिएर नर्सरी व्यवसाय विस्तार गर्नुभएको छ । शुरुमा व्यक्तिगतरुपमै व्यवसाय सञ्चालन गर्नुभएका उहाँले पछिल्लो समय दुईवटा फर्म दर्ता गराउनुभएको छ । हाल दिपकको ग्लोवल एग्रो एण्ड नर्सरी प्रालि र ग्लोवल एग्रो एण्ड इन्डष्ट्रिज प्रालि दर्तामा रहेको छ ।

दिपक आफ्नो व्यवसायमा सधैँ व्यस्त देखिनु हुन्छ । उहाँ मात्र होइन, उहाँकी श्रीमती जानुकाको दर्बिलो साथ पाउनुभएको छ दिपकले । श्रीमती जानुकासमेत सधैँ माटोमा खेल्नेदेखि बिरुवाको रोपणमा व्यस्त देखिनुहुन्छ । यति ठूलो कृषि फर्म बनाएर राम्रै कारोवार गर्दै आएको यी जोडी सधैँ काममा व्यस्त देखिन्छन् ।

दिपकले आफ्नो दुबै फर्ममा ३२ जना स्थानीयलाई रोजगारीसमेत दिनुभएको छ । उहाँको फर्ममा ३० जना मजदूर र दुई जना प्राविधिक छन् । फर्ममा विशेषगरी ड्राइगन फुड, एभोकार्डो, ओखर, इकाइनट, मिकाडमिनटलगायत विभिन्न फल तथा अगरउड, सेन्डरउड, पचौली, लेवन ग्रास, सिटोनेला तथा विभिन्न प्रजातिका फूल उत्पादन गरेर देशका विभिन्न ठाउँमा निर्यात भइरहेको बताइएको छ ।

दिपकका अनुसार “बजारको अभाव छैन, सबै क्षेत्र खाली छ, देशभरबाट बिरुवाको माग आइरहेको छ । आफ्नो उत्पादनले नभ्याएर अन्य क्षेत्रसमेतबाट फलफूलका बिरुवा माग गरेर बिक्री गरिरहेको छु ।” आफ्नो नर्सरी फर्म देशमै सबैभन्दा ठूलो भएको दाबी गर्दै आउनुभएका दिपकले राज्यलाई वार्षिक रु १० लाख कर बुझाउँदै आएको बताउनुभएको छ । उहाँ कृषि पेशामा भविष्य छैन भन्नेको लागि दर्बिलो उदाहरणसमेत बन्नु भएको छ । आफ्नो व्यवसायको सफलताका लागि महालक्ष्मी कृषि सहकारीले पुलको काम गरेको उहाँको भनाइ छ । विभिन्न्न क्षेत्रमा जडिबुटी खेतीलार्ई प्रथमिकता दिएर उत्पादन गर्र्दैै आउनुभएका नेपालले व्यवसायिकरुपमै तरकारी खेतीसमेत शुरु गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !